बाघको आक्रमणमा परी बारामा व्यक्तिको मृत्यु

समाचार

बारा, ११ भदौ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, २ नं. पुल बस्ने ५५ वर्षीय कृष्णप्रसाद शर्मा घाँस काट्न जंगल गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ७:३० बजे स्कुटी लिएर आधाभार जंगलतर्फ गएका शर्मा घर फर्किन ढिलो भएपछि आफन्तले खोजतलास थालेका थिए । खोजी क्रममा जंगलमा उनको स्कुटी र घाँस फेला परे पनि उनी भने हराएका थिए । घटनास्थल नजिकै चप्पल र रगत देखिएपछि प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र पारेको थियो ।

करिब ३:२० बजेको समयमा आधाभार ब्यारेकबाट खटिएको नेपाली सेना, प्रहरी र वडा अध्यक्षहरूको नेतृत्वमा गएको टोलीले जंगलभित्र सडकदेखि करिब २००–३०० मिटर टाढा घोप्टो परेको अवस्थामा टाउको नभएको शव फेला पारेको हो । प्रारम्भिक अनुसन्धानअनुसार शर्मा बाघको आक्रमणमा परेर ज्यान गएको अनुमान गरिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक उमाशंकर साहको कमान्डमा टोली खटिएर आवश्यक मुचुल्का कार्य भैइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *