एसपी केसिको नेतृत्वमा बारा सशस्त्रद्वारा १५ लाख बढीको अवैध कपडा र मोटरसाइकल बरामद 

समाचार

बारा, १६ भदौ ।
सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

मिति २०८२ भदौ १६ गते बिहान १:०५ बजे बारा जिल्लाको फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा फेला पारिएको हो। बरामद गरिएका सामानमध्ये ९५० मिटर कपडा र १,३८० मिटर सुरूवाल–कुर्ता रहेको बताइएको छ।

उक्त सामानको अनुमानित मूल्य करिब रु. १५ लाख १५ हजार ८१० रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराबाट खटिएको मोबाइल टोलीले सो समान बरामद गरेको जानकारी दिएको छ। बरामद गरिएको सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको एसपी केसीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *