लिम्पियाधुरा–लिपुलेक–कालापानी हाम्रो हो भन्ने अडान ऐतिहासिक : मेयर राजेशमान सिंह

राजनीति समाचार

बिरगंज, १६ भदौ ।
बिरगंज महानगरपालिका प्रमुख मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भूभागसम्बन्धी उठाएको दृढ अडानको प्रशंसा गरेका छन्।

सिंहले लेखेका छन्, “देशको भूभागसम्बन्धी विषयमा प्रधानमन्त्री ओलीज्यूले राख्नुभएको अडान अद्वितीय र ऐतिहासिक छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, त्यसमा कुनै हस्तक्षेप हामीलाई स्वीकार्य छैन भन्ने उहाँको दृढ अभिव्यक्तिले सम्पूर्ण नेपालीको आत्मसम्मान उच्च बनाएको छ।”

उनले वीरगंजबासी मात्र नभई सम्पूर्ण नेपाली जनता ओलीप्रति हृदयदेखि आभारी भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान जोगाउन कठिन क्षणमा अटल रूपमा उभिन सक्ने नेतृत्व नै देशलाई आवश्यक रहेको बताए।

सिंहले सम्पूर्ण नेतृत्त्व वर्गलाई यस्तो संवेदनशील घडीमा राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गर्न पनि आह्वान गरेका छन्।

“पुनः धन्यवाद ओली बा, जय देश, जय मधेस,” मेयर सिंहले भनेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *