बारामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्यको अवैध सामान बरामद

समाचार

बारा, ११ असोज ।
सशस्त्र प्रहरी बल बाराले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको सक्रियतामा विभिन्न टोलीले नियन्त्रण गरेका सामान भन्सार प्रक्रियामा पठाइने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार–

१.कलैया उपमहानगरपालिका–२०, बसतपुर
२०८२ असोज ११ गते बिहान ६:४० बजे प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट स.प्र.ना.उ. धनबहादुर राना मगरको कमाण्डमा खटिएको मोबाइल टोलीले आँपघारीमा वेवारिसे अवस्थामा लुकाइ राखिएको सामान बरामद गरेको हो। उक्त सामानमा अन्दाजी मूल्य रु. २,५०,००० बराबरको ८ बोरा रेडिमेड कपडा र रु. १०,००० बराबरको १ बोरा पटाका रहेका छन्। जम्मा रु. २,६०,००० बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि गुल्ममा राखिएको छ।

२.पचरौता नगरपालिका–१, मुसहर बस्ती सीमा क्षेत्र
सोही दिन बिहान ८:४० बजे प्र.सि.सु. गुल्म पिपरपातिबाट सप्र.ना.उ. राजन लाल श्रेष्ठको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेका दुई जना व्यक्तिबाट रु. ४२,९०० बराबरको रेडिमेड कपडा र गहना बरामद गरेको छ। बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

३.कलैया उपमहानगरपालिका–३, दुर्गा स्कुल क्षेत्र
जिल्ला सुरक्षा बेस कलैयाबाट खटिएको टोलीले करिब रु. ५२,००० मूल्य बराबरको किराना सामग्री बरामद गरेको छ।

४.विश्रापपुर गाउँपालिका–४, खुदिया सीमा क्षेत्र
असोज १० गते एफ.ओ.बि. बलिरामपुरबाट स.प्र.ना.नि. सूर्य प्रसाद रेग्मीको कमाण्डमा खटिएको टोलीले भारततर्फबाट ल्याउँदै गरेका व्यक्तिबाट १६८ पिस कुर्ता–सुरुवाल बरामद गरेको छ। उक्त सामानको अनुमानित मूल्य रु. १,५०,००० रहेको छ।

सशस्त्र प्रहरी बल बाराले बरामद सबै सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *