बिर्ता वडा प्रहरी कार्यालयमा दशैंको टिका तथा जमरा आदान–प्रदान

समाचार

बिरगंज, १७ असोज।
बडा दशैं–२०८२ को पावन अवसरमा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बिर्तामा टिका तथा जमरा आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले असोज १६ गते आफ्नो कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरूलाई टिका–प्रसाद लगाई शुभकामना आदान–प्रदान गरेका थिए।

यस अवसरमा उपस्थित सबैले आपसी मेलमिलाप, एकता र सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन दशैं पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *