बिरगंजमा अविरल वर्षाका कारण छपकैयास्थित माईती नेपाल संस्था डुबान, प्रहरीद्वारा महिलाहरू सकुशल उद्धार

समाचार

बिरगंज, १८ पर्सा ।
बिगत असोज १८ गते राति १ बजेबाट परिरहेको अविरल वर्षाका कारण बिरगंज महानगरपालिका–२ छपकैयास्थित माईती नेपाल संस्था डुबानमा परेको छ। उक्त डुबानपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी टोली खटिइ महिलाहरूलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उद्धार कार्यमा संलग्न वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले अविरल वर्षाका कारण नदी–नाला तथा खोला–खोल्सामा पानीको बहाव तीव्र बनेकोले जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई हार्दिक अनुरोध गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *