सुनसरी, असोज २० गते ।
सुनसरीको कोशी गाउँपालिका–७ बाट ठूलो परिमाणमा लागू औषध (गाँजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले असोज १९ गते राति धानबारीभित्र लुकाइछिपाई राखिएको अवस्थामा १३ वटा प्लास्टिकका बोरामा भरिएको ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामदसँगै सोही स्थानका ४५ वर्षका दिनेश यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवमाथि लागू औषध ऐनअन्तर्गत कानुनी कारबाही अघि बढाइएको छ।
