पर्सामा गाँजा सहित एक व्यक्ति पक्राउ

समाचार

पर्सा, ६ कार्तिक।

पर्सा जिल्लामा सशस्त्र प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। कार्तिक ६ गते बिहान करिब ८:५० बजेको समयमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो।

(Advrts)

सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको मोबाइल टोलीले वीरगंज महानगरपालिका–१७ अलौ पोस्ट नजिक चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका वीरगंज–२६ अठराहाका ७४ वर्षीय इस्लाम अन्सारीलाई शंका लागेपछि रोकी जाँच गरेको थियो।

जाँच गर्दा अन्सारीले बोकेको झोलामा १.९८५ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारीलाई साईकल सहित नियन्त्रणमा लिएर प्रस्तावित सीमा सुरक्षा गुल्म अलौमा ल्याई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *