पर्सामा सशस्त्रका बीओपी अमरपट्टीद्वारा ५४ कार्टुन प्रतिबन्धित ब्रोइलर चल्ला बरामद तथा नष्ट 

समाचार

पर्सा, ४ मंसिर।
सशस्त्र प्रहरी बल नेपाल बीओपी अमरपट्टीबाट खटिएको गस्ती टोलीले पर्सा जिल्लाको विन्दवासिनी–३ छठियाघाट हुँदै अबैध रूपमा नेपाल ल्याइँदै गरिएको ५,४०० गोटा (५४ कार्टुन) प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ। बरामद चल्लाको बजार मूल्य करिब रु. २,७०,००० रहेको सशस्त्र प्रहरीका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिएका छन्।

घटनास्थलमा भारतबाट ९ जना व्यक्तिले भार बोक्दै नेपालतर्फ ल्याइरहेको अवस्थामा मिति २०८२।०८।०३ गते बिहान ०४:१५ बजे गस्ती टोली देखेपछि वेेक्तिहरू चल्ला फालेर फरार भएको प्रहरीको भनाइ छ।

सप्रनानि सुरेश कुमार घलानको कमान्डमा खटिएको ५ जनाको मोटरसाइकल गस्ती टोलीले ती चल्ला नियन्त्रणमा लिएर बीओपी अमरपट्टीमा सुरक्षित राखेको र आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको बताइएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा भित्र्याइने पशुपंक्षीजन्य वस्तुमाथि निगरानी कडा पारेको पनि जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *