पर्सा, २२ मंसिर ।
करिब २० वर्षदेखि फरार रहेका जिउमास्ने बेच्ने सम्बन्धी कसूर मुद्दाका मुख्य प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–९ स्थित सडकखण्डबाट वर्ष ४५ का सुरेश प्रसाद कलवारलाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध मिति २०६२ चैत १७ गते दर्ता भएको मुद्दामा वादी बृजेश प्रसाद कलवारले उजुरी दर्ता गराएका थिए। वारदातपछि लामो समयसम्पूर्ण कानुनी प्रकृयाबाट फरार रहेका कलवारलाई मिति २०८२ मंसिर २१ गते साँझ ४ः४५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित थप अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्ति
– सुरेश प्रसाद कलवार, ४५ वर्ष, वीरगञ्ज महानगरपालिका–१९, पर्सा।
