६५ लाखभन्दा बढी नगद तथा गरगहना सहित चोरीमा संलग्न युवक पक्राउ

समाचार

काठमाडौं, पुस १८।

काठमाडौं महानगरपालिका–४, बलुवाटारस्थित दुई निजी कम्पनीमा भएको ठूलो परिमाणको चोरी घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२, खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्।

प्रहरीका अनुसार दुर्गा बहादुर के.सी.ले **स्ट्रोर्म नेटवर्क प्रा.लि.**बाट रु. ४८,७२,६२० (अक्षरेपी अठचालीस लाख बहत्तर हजार छ सय बीस) तथा **इको भ्याली प्रा.लि.**बाट रु. ८,५८,५४१ (अक्षरेपी आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) नगद चोरी गरेका थिए। मिति २०८२/०९/१२ गते राति चोरी गरी फरार भएका उनलाई खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङ समेतको समन्वयमा दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका के.सी.को साथबाट प्रहरीले कुल रु. ६५,१७,१४० (अक्षरेपी पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) नगद रकम बरामद गरेको छ। साथै, चाँदीजस्तो देखिने सेतो धातुका ब्रासलेट १५ थान, चाँदीजस्तो देखिने साना–ठूला सिक्का २८ थान, चाँदीजस्तो देखिने सेतो धातुको १ थान गरगहना, तथा Dell कम्पनीको १ थान ल्यापटप समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र चोरीमा प्रयोग भएका माध्यम, सम्भावित सहयोगी तथा अन्य विवरणहरूबारे विस्तृत छानबिन जारी रहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *