३ जना फरार प्रतिवादीहरू बारा प्रहरीको नियन्त्रणमा

समाचार

बारा, २९ पुस ।
प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दण्ड–सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालतबाट सजाय तोकिएका तथा वारदात पश्चात फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा मिति २०८२ साल पुस २८ गते पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन्।

पक्राउ परेका प्रतिवादीहरूको विवरणः
१.श्री तामाङ वर्ष ४०,जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा.–०२, हाल ललितपुर इमाडोल बस्ने ,बैंकिङ कसुर मुद्दामा रु. १,००,००,००० (एक करोड) तोकिएको विगो।

२.उमेश भोलन वर्ष २७,
जीतपुर सिमरा उपमहानगरपालिका–१६,लागू औषध मुद्दामा

३.हलिया थरुनी वर्ष ६५,
बारागढी गाउँपालिका–०६ लेनदेन मुद्दामा

प्रहरीले फरार प्रतिवादीहरूको खोजीलाई तीव्र बनाएको र आगामी दिनमा पनि अदालतबाट सजाय तोकिएका फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *