वीरगञ्ज, चैत १२ ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घडिहर्वा पोखरीमा बिपद् उद्दार सम्बन्धी अभ्यास सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२ चैत १२ गते दिउँसो १२:१० बजेबाट सुरु भएको उक्त अभ्यास ३:४५ बजे सम्पन्न भएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सामा मिति २०८२ फागुन २५ गतेदेखि सञ्चालन भइरहेको बिपद् स्वयंसेवक विस्तारित अनुशिक्षण तालिम अन्तर्गत उक्त अभ्यास गरिएको जनाइएको छ।
अभ्यासमा सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा सशस्त्र प्रहरी बलका ११ जना र २२ जना बिपद् स्वयंसेवक गरी जम्मा ३३ जनाको सहभागिता रहेको थियो।
बिपद् व्यवस्थापन तथा उद्धार कार्यमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभ्यासले विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थामा प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
