नेपाल पुलिस क्लबका कप्तान आरीफ शेख प्रहरी सहायक हवल्दारमा विशेष बढुवा, खेल सामग्री पनि हस्तान्तरण

समाचार

काठमाडौं,२४ बैशाख  । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान म. आरीफ शेखलाई प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा गर्दै दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिएको छ।

आज मिति २०८३ वैशाख २३ गते आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ६७९९ मिति २०८३/०१/११ गतेको पत्रादेश तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समूहअन्तर्गत प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा भएका आरीफ शेखलाई दर्ज्यानी चिह्न सुशोभन गरिएको कार्यक्रममा जानकारी दिइयो।

कार्यक्रममा प्रमुख अतिथि शाहले माया ग्रुप यू.के. र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच सन् २०२६ देखि २०२७ सम्म नेपाल पुलिस क्रिकेट टिमलाई खेल सामग्री प्रायोजन गर्ने सम्झौताअनुसार प्राप्त सामग्री खेलाडी तथा अफिसियलहरूलाई हस्तान्तरण गरेका थिए।

नेपाल प्रहरीद्वारा आयोजित उक्त कार्यक्रमले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै प्रहरी संगठनभित्र खेल संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *