भिसा अवधि सकिएपछि वीरगञ्जमा काजाखस्तानी महिला नियन्त्रणमा

समाचार

वीरगञ्ज, जेठ ३१ । पर्सा प्रहरीले भिसाको अवधि सकिएपछि पनि नेपालमा बसोबास तथा घुमफिर गरिरहेको अवस्थामा एक काजाखस्तानी महिलालाई नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट क्षेत्रबाट काजाखस्तानकी २८ वर्षीया Assel Kydyrmolda लाई उनका छोरासहित नियन्त्रणमा लिइएको हो। प्रारम्भिक जाँचका क्रममा उनको नेपाल बसाइका लागि आवश्यक भिसा (VISA) को अवधि समाप्त भइसकेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएकी विदेशी नागरिकलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *