चार मुद्दाका फरार प्रतिवादी पर्सा प्रहरीको फन्दामा, १ वर्ष ५ महिना ७ दिन कैद र ३ लाख ७७ हजार जरिवाना बाँकी

समाचार

वीरगञ्ज, असार १ ।विभिन्न चार वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीविरुद्ध विभिन्न चार मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद तथा रु. ३ लाख ७७ हजार जरिवाना तोकिएको थियो। लामो समयदेखि फरार रहेका उनलाई प्रहरीको विशेष खोजी अभियानका क्रममा नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालत मा पेश गरिएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउने अभियानलाई पर्सा प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ कार्यलाई अझ प्रभावकारी बनाइएको समेत जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *