पर्सा, १७ साउन ।जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले शनिबार इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा एसपी भट्टराईले कार्यालयको समग्र सुरक्षा व्यवस्था, दैनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निरीक्षण गर्नुभएको थियो।
सो अवसरमा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई कानुनको निष्पक्ष कार्यान्वयन, नागरिकमैत्री व्यवहार, उच्च अनुशासन कायम राख्दै प्रभावकारी रूपमा शान्ति सुरक्षा व्यवस्थापनमा सक्रिय रहन निर्देशन दिनुभयो। साथै अपराध नियन्त्रण, अनुसन्धानलाई थप प्रभावकारी बनाउने, समुदायसँग समन्वय बढाउने तथा आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गर्नुभयो।
निरीक्षण तथा निर्देशन कार्यक्रमले मातहत कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी, जिम्मेवार र नागरिकमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
