बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,चैत ७।

पर्सा प्रहरीले विल बिजक संकास्पद देखिएको पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउदै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.०८ लिंकरोड स्थित सडकखण्डबाट ना.३ च ३१५० नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त पिकअपलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पिकअप र  सो  भित्र लोड रहेको खुद्रा तथा लत्ताकपडाहरूको रू.पाँच लाख उन्नसत्तरी हजार एक सय सात बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी गराएका  छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *