सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिद्धारा बिरगंजमा लागुऔषध बरामद।

समाचार

रसीद आलम,वीरगंज, ३१असार ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलिले प्रतिवन्धित लागुऔषध विनसेरेक्स टी (Wincerex – T) १००एमएलको ७६ बोतल र एक जना मानिससहित मोटरसाईकल बरामद गरेको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजको गुल्मपति डिएसपी रामजङ्ग पाण्डेले जनाएका छन्।

डिएसपी पाण्डेका अनुसार बिरगंज महानगरपालिका १६ भन्सार पछाडि मन्दिर नजिकको खेतमा प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट डिउटी खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना २१ प ५६९४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा बिरगंज महानगरपालिका १४ बस्ने अन्दाजी वर्ष ३२को कैशर अली अन्सरीको साथबाट  उक्त लागुऔषध फेला गरेको हो  ।

निजसवार मोटरसाईकलको हरियो प्लास्टिकको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको उक्त प्रतिवन्धित लागु औषध बरामद गरी लागुऔषध, मोटरसाईकल र निज अन्सारीलाई थप अनुसन्धान तथा आवश्यक  कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाएको प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *