ठगी गरेको आरोपमा मोदी इन्स्टिच्यृटका संचालक भारतीय नागरिक पक्राउ

समाचार

पर्सा, ३ साउन । बीरगन्ज महानगरपालिकाबाट बितरण हुने छात्रबृति दिलाइ दिने भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।

 

नगर प्रमुख राजेशमान सिंहले बीरगन्ज महानगरपालिका –६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक मोदीले विभिन्न विद्यालयमा अध्यनरत्त बिद्यार्थीलार्ई  महानगरपालिकाबाट बितरण हुने छात्रबृत्ति उपलबध गराइदिने भन्दै रकम असुल गरेको प्रमाण फेला परेको महानगरको भनाइ छ । पैसा माँग गरेको अडियो प्रमाण फेला परेपछि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रमुख सिंहले बताए ।

 

नगर प्रमुख सिंहले अनुसन्धानको क्रममा र सोधपुक्ष गर्दा सञ्चालक राहुल भारतीय नागरिक रहेको खुलेको र सो ट्रेनिङ सेन्टर रौतहट गौरकी पूजा पटेलको नाममा दर्ता रहेको खुलेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको टोलीले सिलबन्दी गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *