बिरगंजमा २ जनाको लास फेला परेको छ :पर्सा प्रहरी ।

समाचार

रसीद आलम,बिरगंज ,३ असोज।

बिरगंजको दुई ठाउँबाट दुईवटा लास फेला परेको पर्सा प्रहरीले जनाएको छ।

मंगलवार विहान ६:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.३ छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको हाल सम्म नामथर वतन नखुलेको वर्ष ३०/३५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको हुदा मृतक लासलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् । मृतकको कपडा र  हुलियासंग मिल्ने कोही पुरुष हराइ रहेको भए सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ।

त्यस्तै मंगलवार वेलुका ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.९ पान गल्ली स्थित वीरगञ्जमा ठेला गाडा चलाउने काम गरी बस्ने वर्ष ५० को भुब्रो महतो नुनिया नाम गरेको व्यक्तिको मृतक लास निजले चलाउने ठेला गाडामा फेला परेको हुदा लासलाई बरामद गरि नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले बताए ।

मृतक नुनिया सर्लाही कौडेना गा.पा.वडा नं.३ पर्साको वासिन्दा रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *