प्रधानमन्त्री ओलीका पिता अस्वस्थ

काठमाडौं ,८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्वास्थ्य स्थिति सामान्य रहेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

पुरा पढ़नुश

क्याकुसिन कराते डोजोका लागि पत्रकार दुबेले मासिक ५ हजार सहयोग घोषणा

बारा, मंसिर ८ – बाराको फेटा गाउँपालिका–१ भलुहीस्थित बगैंचा कटेजमा सञ्चालन भइरहेको क्याकुसिन कराते डोजोका लागि पत्रकार तथा समाजसेवी उमेश दुबेले मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। महिलाको साथी सखी संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार दुबेले खेलाडीहरूको मनोबल उच्च राख्न र उर्जामा थप योगदान दिन सहयोग घोषणा गरेको बताए। […]

पुरा पढ़नुश

मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं, ८ मंसिर । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।   नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।   मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन […]

पुरा पढ़नुश

नेपाली कांग्रेस पर्साद्वारा महिला क्रिकेटर साना परवीनको सम्मान

रसीद आलम,बिरगंज, ८ मंसिर नेपाली महिला यु-१९ क्रिकेट टोलीकी खेलाडी साना परवीनलाई नेपाली कांग्रेस पर्साले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। विशेष रूपमा फाइनल खेलमा प्रभावशाली भूमिका निर्वाह गरेकाले कांग्रेसले उनको योगदानलाई कदर गरेको हो। नेपाली कांग्रेसका नेता शहाबुद्दीन अन्सारीले परवीनलाई बिरगंजस्थित कांग्रेस पार्टी कार्यालयमा आमन्त्रण गरी सम्मान गरे। उनले परवीनको […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा लागु औषध गाँजा सहित एकजना भारतीय नागरिक पक्राउ।

पर्सा, ८ मंसिर। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी ईनर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ६५ वर्षीय भारत विहार गोपालगञ्ज निवासी गोगल महतो नुनियालाई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। महतोले कालो रंगको प्लास्टिकको झोलाभित्र लुकाएर भारततर्फ […]

पुरा पढ़नुश

वन क्षेत्रमा अवैध उत्खनन् गरेको आरोपमा पशुपति मुरारकासहित पाँच जनाविरूद्ध पाल्पा अदालतमा मुद्दा

काठमाडौं,८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो। करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले पाँच जनाविरूद्ध कारबाही गर्न माग गर्दै […]

पुरा पढ़नुश

राष्ट्रिय कर दिवस समापन समारोह वीरगञ्जमा सम्पन्न

बिरगंज ,७ मंसिर । वीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयमा राष्ट्रिय कर दिवस समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल तथा अतिथि राजस्व अनुसन्धान विभाग पथलैया, बाराका प्रमुख हरि शर्मा रहेका थिए। समारोहमा कर प्रणालीको महत्व, राजस्व संकलनमा नागरिकको भूमिकासहित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमले करप्रति जनचेतना […]

पुरा पढ़नुश

मकवानपुरका तामाङ मेची पुलमा खैरो हिरोइनसहित पक्राउ

झापा ,७ मंसिर ।  प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय आशाशकाजी तामाङ रहेका छन्। उनलाई शुक्रबार साढे ३ बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेची पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भारतबाट सिटी रिक्सा चढेर आइरहेका […]

पुरा पढ़नुश

एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह

काठमाडौं ,७ मंसिर । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका हुन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गरे। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी […]

पुरा पढ़नुश

तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद

झापा ,७ मंसिर – भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ। कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो। गोप्य सूचनालाई पछ्याउँदै शुक्रबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानी […]

पुरा पढ़नुश