साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

काठमाडौँ,१९ कार्तिक  । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् । साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको थियो भन्ने कुरा अनुसन्धानकर्ताहरूको दाबी छ । उत्तरपश्चिम साउदीमा पाइने यो पुरानो सहरको नाम अल-नाताह हो । यो सहर […]

पुरा पढ़नुश

३४ किलो गाँजासहित दुई जना पक्राउ

रसीद आलम ,बारा, १८ कात्तिक । विशेष सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–४, गंगानगर टोलबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले बिहान करिब ९:३० बजे हिरा महतोको गाईगोठभित्र लुकाइछिपाई प्याकिङ गर्दै गरेको अवस्थामा गाँजा फेला पारेको हो। पक्राउ पर्नेमा गंगानगर निवासी २५ वर्षीय दीपेन्द्र उर्फ जितेन्द्र […]

पुरा पढ़नुश

फरार प्रतिवादी पक्राउ

रसीद आलम,बारा, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको टोलीले चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१०, नितनपुरका २४ वर्षीय सुनिल महतोलाई पक्राउ गरिएको हो। बाराका जिल्ला अदालतबाट चोरी मुद्दामा एक महिना १५ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकिएको […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक कुँवर इन्टरपोल महासभामा सहभागी हुन बेलायत प्रस्थान

काठमाडौं,१८ कार्तिक ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान बेलायत प्रस्थान गर्नुभएको छ। इन्टरपोल महासचिवालयद्वारा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन उहाँ बेलायत जानुभएको हो। प्रहरी महानिरीक्षक कुँवरका साथै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक […]

पुरा पढ़नुश

भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

काठमाडौँ,१८ कार्तिक  । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो । यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने […]

पुरा पढ़नुश

विश्वको सबैभन्दा ठूलो र पुरानो गोहीको मृत्यु

काठमाडौँ ,१८ कार्तिक । विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोहीको मृत्यु भएको छ । यो नर गोहीको नाम क्यासियस थियो । क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो । समातिएपछि यो नुन पानीको गोहीलाई अष्ट्रेलियाको क्विन्सल्याण्डमा राखिएको थियो । क्यासियस यस […]

पुरा पढ़नुश

आफ्ना बच्चाहरुसँग कसरी साथी बन्ने ?

‘मैं कभी बतलाता नहीं, पर अंधेरे से डरता हूं मैं मां’ बलिवुड फिल्म ‘तारे जमिन पर’ को यो गीत रिलिज भएपछि गीतका लेखक प्रसुन जोशीलाई धेरैको चिठ्ठी आउन थाल्यो । मानिसहरूले उनलाई चिठीमा बुबाहरू बच्चाहरूको जीवनका शत्रुहरू हौं जस्तो गरि प्रस्तुत गरिएको भन्दै धेरैले गुनासो गरेका थिए । त्यसको जवाफमा प्रसुनले अर्को कविता लेखेका छन्, […]

पुरा पढ़नुश

भारतको बलरामपुरमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

कपिलवस्तु,१८ कार्तिक  । भारतको उत्तरप्रदेशस्थित बलरामपुर्मा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। भारतको बलरामपुरमा पाँच जना सवार कार बससँग ठोक्किएपछि भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ का दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो । उनीहरु तिहार मनाउन आफ्नो घर फर्किने क्रममा […]

पुरा पढ़नुश

आज तिहारको भाईटीका, कति बेला छ शुभसाइत ?,कस्तो छ आज भाई टीकाको दिन मौसम ?

काठमाडौँ,१८ कार्तिक  । आज दोस्रो ठुलो पर्व तिहारको भाई टीकाको दिन ।   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । आज आइतबार बिहान ११: ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिले जानकारी दिएको छ । समितिले पश्चिम फर्केर गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको […]

पुरा पढ़नुश

नेपाल अमेरिकासँग पराजित

काठमाडौँ,१८ कार्तिक  । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ । यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो । […]

पुरा पढ़नुश