मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी

काठमाडौँ,८ कार्तिक  । अमेरिकी न्याय विभागले एलन मस्कको हरेक दिन एक मिलियन डलर रकम वितरण गर्ने चुनावी अभियान बारे चेतावनी पत्र पठाएको छ । अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ । […]

पुरा पढ़नुश

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख सफीद्दीनको मृत्यु भएको पुष्टि

काठमाडौँ,८ कार्तिक  । हिजबुल्लाहले आफ्नो समूहको कार्यकारी परिषद्का प्रमुख हासेम सफीद्दीनको मृत्यु भएको पुष्टि गरेको छ । हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै सफीद्दिन यस महिनाको सुरुमा बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको उल्लेख गरको छ । तर, हिजबुल्लाहले आक्रमणको मिति भने उल्लेख गरेको छैन । हिजबुल्लाहको यो बयान इजरायली रक्षा बलको घोषणा पछि आएको हो। यसअघि, […]

पुरा पढ़नुश

पर्सामा ७ हजार गाँजाका बोट फँडानी गरी नष्ट

रसीद आलम,पर्सा, ७ कार्तिक । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ थरकटीस्थित अवैध गाँजा खेती फँडानी गरी नष्ट गरिएको छ। कार्तिक  ७ गते दिउँसो ३:३० बजेदेखि साँझ ५:०० बजेसम्म इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीसहितको २० जनाको संयुक्त प्रहरी टोलीले १ बिघा क्षेत्रमा फैलिएको ७ हजार गाँजाका बोट नष्ट गरेको हो। प्रहरीले अवैध गाँजा खेतीमा संलग्न […]

पुरा पढ़नुश

वीरगञ्जमा १ करोड १४ लाख बराबरको लत्ताकपडा र औषधीसहितको ट्रक नियन्त्रणमा

रसीद आलम ,पर्सा, कार्तिक  ७। जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड १४ लाख ५१ हजार ८ सय ३३ रुपैयाँ बराबरको लत्ताकपडा र औषधीसहितको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा, २०८१ कार्तिक  ६ गते राति करिब १०:१५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकमा ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको […]

पुरा पढ़नुश

प्रहरीको छवि उच्च राख्दै नागरिकको सेवामा लाग्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौं,७ कार्तिक  । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिएका हुन् […]

पुरा पढ़नुश

सरकारको सय दिनको अवसरमा प्रधानमन्त्री ओलीले के के भने ?

काठमाडौँ,७ कार्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारका सय दिनका कामको उल्लेख गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले देशका ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न चेतावनी समेत दिएका छन् […]

पुरा पढ़नुश

लामिछानेका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

काठमाडौँ ,७ कार्तिक । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखराका सडकमा भइरहेका रास्वपा कार्यकर्ताको प्रदर्शनले नागरिकको व्यक्तिगत स्वतन्त्रता र […]

पुरा पढ़नुश

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौँ ,७ कार्तिक । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा  गाम्बियाविरुद्ध ३४४ रन बनाउदै यस अघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो । नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउदै टी-२० क्रिकेटमा सर्बाधिक रन बनाउने किर्तिमान […]

पुरा पढ़नुश

छविलाल जोशीकाे भैरहवा वयानमा ५७ सवाल जवाफ

भैरहवा ,७ कार्तिक । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्व प्रहरी नायब महानिरीक्षक जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो । […]

पुरा पढ़नुश

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं,७ कार्तिक  । उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो । उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।

पुरा पढ़नुश