बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित

काठमाडौं, ३ चैत । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ ।   सो पार्टीका ‘बरिष्ठ नेता’ महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो ।   यादवसहित भट्टराइले लामो समय देखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै […]

पुरा पढ़नुश

शराब घोटालाः दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतमा हाजिर, १५ हजारकाे जमानत

नयाँदिल्ली, ३ चैत । मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् ।   बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।   रुस […]

पुरा पढ़नुश

ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौ, ३ चैत ।  ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।   ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी […]

पुरा पढ़नुश

बेलायतले मिडियामा विदेशी सरकारको स्वामित्वमा प्रतिबन्ध लगाउने

लन्डन, ३ चैत । बेलायती सरकारले विदेशी सरकारहरूलाई बेलायतमा अखबार र पत्रिकाको स्वामित्वमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ। युनाइटेड अरब इमिरेटस समर्थित फर्म रेडबर्ड आईएमआईद्वारा डेली टेलिग्राफ र स्पेक्टेटरको प्रस्तावित अधिग्रहण विवाद भइरहेको बेला यो घोषणा भएको हो ।   डिजिटल मार्केट ऐनमा संशोधनको रूपमा संसदमा पेश गरिएको नयाँ कानूनले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने […]

पुरा पढ़नुश

बारा:ईलाका प्रहरी कार्यालय छतवाद्वारा तस्करीका १० वटा गाई पक्राउ।

रसीद आलम,बारा,२ चैत । जिल्ला प्रहरी कार्यालय बाराको मातहत ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी नायब निरीक्षक सोनु कुमार मिश्राको कमान्डमा खटिएका प्रहरी टोलिले तस्करीका १० वटा गाईलाई पक्राउ गरेको छ। शुक्रबार बेलुका २:५० को समयमा जिल्ला प्रहरी कार्यालय, तथा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराको फेटा गाउँ पालिका वडा नं.६ पुरैनियामा नेपालबाट […]

पुरा पढ़नुश

रौतहटमा भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुट्यो, ३ जना पक्राउ

रौतहट, २ चैत । रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिवम मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ । शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी  एलिजा गिरीले जानकारी […]

पुरा पढ़नुश

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २ चैत । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। […]

पुरा पढ़नुश

दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं, २ चैत । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो। दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि […]

पुरा पढ़नुश

नोबेल अस्पताल विराटनगरमा कार्यरत् नर्सको हत्या

विराटनगर, २ चैत । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत् नर्सको हत्या भएको छ। सिरहा फुल्काहकट्टी घर भएकी करिब २२ वर्षीया चन्द्रिका कुमारी दासको शुक्रबार दिउँसो विराटनगर-४ मा हत्या भएको हो। दासको शव शिक्षण अस्पतालको उत्तर करिब तीन सय मिटर उत्तर डेरामा टाढा शव भेटिएपछि अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए। प्रारम्भिक […]

पुरा पढ़नुश

वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

रसीद आलम,वीरगञ्ज, २ चैत । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन्। उनीहरूलाई वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र […]

पुरा पढ़नुश