जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वडा अध्यक्ष पक्राउ

जुम्ला,२४ बैशाख  । जबरजस्ती करणी मुद्दामा फरार रहेका जुम्लाको पातारासी गाउँपालिका–५ का वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका–५ स्थित लासी बजार क्षेत्रबाट उक्त मुद्दाका प्रतिवादी रहेका वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको […]

पुरा पढ़नुश

पर्साको छिपहरमाईमा अवैध घरेलु मदिरा भट्टी ध्वस्त, ८०० लिटर कच्चा पदार्थ र मदिरा नष्ट

वीरगञ्ज ,२४ बैशाख । पर्सा प्रहरीले छिपहरमाई गाउँपालिकामा सञ्चालन हुँदै आएको अवैध घरेलु मदिरा भट्टीमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८३ वैशाख २२ गते दिउँसो करिब २:२० बजे जिल्ला पर्सा छिपरमाई गाउँपालिका–२ टिउकी क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको जानकारीपछि जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

ठोरीमा प्रतिबन्धित लागूऔषधसहित युवक पक्राउ, ४७५ क्याप्सुल बरामद

वीरगञ्ज ,२४ बैशाख । पर्साको ठोरी गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध जस्तो देखिने क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ वैशाख २१ गते दिउँसो करिब ४ः२० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको नियमित चेकिङ टोलीले ठोरी गाउँपालिका–१ चौताराचोकमा ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच […]

पुरा पढ़नुश

बाल सुरक्षा तथा मानव बेचबिखन नियन्त्रणमा पर्सा प्रहरीको कडा कदम : इनर्वा नाकाबाट अभिभावकविना भारत जाँदै गरेका ८ नाबालिका रोकिए

वीरगञ्ज,२४ बैशाख  । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुरक्षा तथा मानव बेचबिखन नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रमा कडा निगरानी सुरु गरेको छ। प्रहरी प्रमुख एसपी सुदिप राज पाठकको निर्देशनमा सीमा नाकाहरूमा विशेष चेकजाँच तथा निगरानी बढाइएपछि अभिभावक वा संरक्षकबिना भारततर्फ जाँदै गरेका ८ जना नाबालिकालाई प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ। वडा प्रहरी […]

पुरा पढ़नुश

ट्रान्सफर्मर विस्फोटमा मजदुर गम्भीर घाइते, उपचार खर्च बेहोर्न कम्पनी पक्ष अस्वीकार गरेको परिवारको आरोप

पर्सा ,२४ बैशाख । ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा परेर एक मजदुर गम्भीर घाइते भएका छन्। बहुदरमाई नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय चनरजित राउत अहिर दुर्घटनामा परेपछि हाल काठमाडौँस्थित वीर अस्पताल मा उपचाररत रहेका छन्। अहिर वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा रहेको सन तारा इलेक्ट्रिक प्रा.लि. कम्पनीमा कार्यरत थिए। उनी जितपुर–सिमरा […]

पुरा पढ़नुश

बीपी उद्यानमा हरियाली अभियान तीव्र, वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा

वीरगञ्ज,२२ बैशाख । घण्टाघर नजिकै रहेको बीपी उद्यान पार्कमा हरियाली प्रवर्द्धन तथा वातावरणलाई थप आकर्षक र सुन्दर बनाउन विभिन्न किसिमका फूलबिरुवा रोप्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। वीरगञ्ज महानगरपालिकाका अनुसार पार्कको सौन्दर्य अभिवृद्धिसँगै स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पछिल्लो समय पार्क क्षेत्रमा व्यवस्थित रूपमा बिरुवा रोपाइँ, सरसफाइ तथा हरियाली विस्तारका […]

पुरा पढ़नुश

बसमा फसेका विद्यार्थी–शिक्षकको उद्धार, रोशी खोलामा अड्किएका यात्रु पनि सुरक्षित

काभ्रे,२२ बैशाख  । लगातार परेको वर्षाका कारण आएको जोखिमपूर्ण अवस्थाबीच सशस्त्र प्रहरी बलले दुई स्थानमा उद्धार कार्य गरी मानवीय क्षति हुनबाट जोगाएको छ। काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ स्थित बनेपा–खड्पु भित्री सडक खण्डमा पानी जमेर बस अलपत्र पर्दा त्यसमा सवार विद्यार्थी तथा शिक्षकहरू जोखिममा परेका थिए। उक्त अवस्थामा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत अस्थायी मनसुन प्रतिकार्य […]

पुरा पढ़नुश

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न प्रधानमन्त्री बालेनको घोषणा, “झण्डा र झोला निषेध”

काठमाडौं ,२२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव अन्त्य गर्न स्पष्ट नीति अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि दलका “स्लिपर सेल” जस्तै बनेको आरोप लगाएका छन्। उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढ्दा समग्र प्रणालीप्रति जनविश्वास […]

पुरा पढ़नुश

बारामा प्रहरीको कडा एक्सन : फरार प्रतिवादी पक्राउदेखि लागूऔषध सञ्जालमाथि प्रहार

रसीद आलम बारा, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न आक्रामक अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरको नेतृत्वमा अघि बढाइएको कडा रणनीतिका कारण फरार प्रतिवादी पक्राउ, तस्करी नियन्त्रण तथा लागूऔषध विरुद्धको अभियान प्रभावकारी बन्दै गएको देखिएको छ। प्रहरीले […]

पुरा पढ़नुश

पूर्वाधार विकास कार्यालय पर्साको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ

पर्सा, २१ वैशाख । वीरगञ्ज महानगरपालिकास्थित पूर्वाधार विकास कार्यालय पर्साको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान करिब ९:२० बजे वीरगञ्ज महानगरपालिका–२३ मा रहेको कार्यालय परिसरमा कर्मचारी राम प्रवेश यादवसँग विकास योजनाको विषयलाई लिएर विवाद भएपछि उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर भागेका थिए। घटनाबारे कार्यालय प्रमुखले दिउँसो २:३० बजे […]

पुरा पढ़नुश