वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता, खाेजीमा प्रहरी

पर्सा, १३ फागुन । बिरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ। अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए। […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा चुकुन्दर लोड रहेको मालवाहक पिकअप पक्राउ।

रसीद आलम ,बिरगंज ,१३ फागुन । बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको आरोपमा एउटा मालवाहक पिकअपलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपमा ३४ हजार ८ सय रुपैया बराबरको चुकुन्दर लोड रहेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार फागुन १२ गते राती ९:३० बजेको समयमा बिल विजक भन्दा बढी […]

पुरा पढ़नुश

आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ

काठमाडौं, १३ फागुन । आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र […]

पुरा पढ़नुश

वीरगञ्जलाई वैभब बनाउन ऊर्जाशिल युवाको खाँचो छ,युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ : मेयर सिंह ।

फागुन १३  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् ।   सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ । वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित हल्ट प्राईज वीरगञ्ज पब्लिक […]

पुरा पढ़नुश

संसदीय समिति बैठक बस्दैँ

काठमाडौं, १३ फागुन । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ ।   सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।   संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।   आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

पुरा पढ़नुश

बेलायतमा ३५ प्रतिशत तलव बृद्दीको माग गर्दै डाक्टरहरू हडतालमा

लन्डन, १३ फागुन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन ।   सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन ।   पाँच दिनको हडताल सुरू भए पछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा भारी मात्रामा भारतीय माछा नष्ट।

रौतहट, १२ फागुन । लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।   जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।   भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई […]

पुरा पढ़नुश

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।   गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।   उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु […]

पुरा पढ़नुश

डेढ किलोमिटर लामो झोलुङ्गे पुल उदघाटन गर्दै प्रधानमन्त्रीले भने, `मधेसको विकास नभई देशको बिकास हुन्न´

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने […]

पुरा पढ़नुश

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन्। तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताए। ‘गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले […]

पुरा पढ़नुश