६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

बारा, २४ माघ ।  प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री

काठमाडौँ, २४ माघ ।  प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही […]

पुरा पढ़नुश

ललितपुरबाट ब्राउन सुगर र गोलीसहित चार जना पक्राउ

काठमाडौं, २४ माघ । ललितपुरबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो १ बजे महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेका छन्। सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई […]

पुरा पढ़नुश

अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर मेनपावर खोलेर लाखौं ठगि गर्ने ब्यक्तिहरु पक्राउ ।

काठमाडौं, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यासछ्यास्ती खुलेका मेनपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो। पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला […]

पुरा पढ़नुश

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बारा, २४ माघ । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो। बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ४२ लाख बराबरको अबैध प्याज र २ वटा पिकअप पक्राउ।(भिडियो सहित)

रसीद आलम,बिरगंज , २४ माघ। सशस्त्र प्रहरी बल पर्साले बिरगंज महानगरपालिका-१९ अलाै तथा ड्राईपाेर्ट ईलाकाबाट भन्सार छलिएका ५७४० केजी अबैध प्याज सहित २ वटा पिकअप गाडी पक्राउ गरेको छ। माघ २३ गते सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा.पर्सा तथा मातहतका प्रस्ताबित सीमा सुरक्षा गुल्म अलाै र बिओपि ड्राईपाेर्टबाट खटिएकाे गस्ति टाेलीले आकस्मिक चेकजांच […]

पुरा पढ़नुश

पर्सा:भन्सार छलीएका ७ लाख भन्दा बढीका समान पक्राउ।

बिरगंज ,२४ माघ। भन्सार छली चोरी पैठारी गरी ल्याएको रु.७ लाख ३७ हजार ६ सय मुल्य बराबरको मेसिन, सुपारी, जुत्ता र औषधी पर्सा प्रहरीले पक्राउ गरेको छ। माघ २२ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको औषधी मेसिन तथा जुत्ता लगायतका मालबस्तुहरू पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता […]

पुरा पढ़नुश

चितवनमा खाना अड्किएर एक जनाको मत्यु

चितवन,२४ माघ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।   कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले […]

पुरा पढ़नुश

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ, बिदेश मन्त्रीले दिइन बधाइ

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् ।   नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका  शपथ लिएका छन् ।   गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।   अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई […]

पुरा पढ़नुश

कतारका प्रधानमन्त्रीले भने, ‘युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ’

कतार, २४ माघ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्।   शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी […]

पुरा पढ़नुश