पर्सा प्रहरीद्वारा १६ लाखभन्दा बढीका भन्सार छलीएका अबैध सामानहरु बरामद।

रसीद आलम,बिरगंज ,२७ पुस। भन्सार छली चोरी पैठारी गरी ल्याएको १६ लाखभन्दा बढीका विभिन्न किसिमका सामानहरु बिरगंज -१९ बाट पर्सा प्रहरीले बरामद गरेको जनाएको छ। पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बुधबार बेलुका ३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली ब्राण्दामा भंसार छली चोरी […]

पुरा पढ़नुश

बारा: बिओपी बरैनियाद्वारा १० लाख बराबरको अबैध मदिरासहित भारतीय कार पक्राउ।

रसीद आलम,बारा,२६ पुस। सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बारा मातहत नेपाल बोर्डर आउट पोष्ट बिओपी बरैनियाले अबैध रुपमा भन्सार छली नेपालबाट भारतर्तफ लगिरहेको अवस्थामा कस्तुरी मदिरा १८ कार्टून सहित एक भारतीय कार पक्राउ गरेको छ। बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्ड खटिएका टोलिले बिहीबार बिहान् १०:४० को समयमा बाराको बिश्रामपुर गा.पा.-३ स्थित […]

पुरा पढ़नुश

क्यानले सन्दीपलाई गर्यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

काठमाडौं, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित […]

पुरा पढ़नुश

रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही

सर्लाही, २६ पुस । काठमाडाेैंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो । काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई […]

पुरा पढ़नुश

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।   प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय […]

पुरा पढ़नुश

सात लाखको डबल बनाइदिने लामा स्वयम्भूबाट पक्राउ :प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेल

काठमाडौं, २६ पुस – घटना गत पुस १६ गतेको हो।   काठमाडौं बुढानिलकण्ठ  नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए।   उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए।   प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई काठमाडौं-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामाले […]

पुरा पढ़नुश

अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना

वासिंगटन डिसी, २६ पुस । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए ।   तर, अब उनलाई प्रोस्टेट क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको छ । लोयड अस्टिन १० दिनअघि […]

पुरा पढ़नुश

बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौ, २६ पुस । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले २० अर्ब रुपैयाँको बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।   केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको […]

पुरा पढ़नुश

कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौ, २६ पुस । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ ।   बैंकले बिहीबार सूचना जारी गर्दै उक्त व्याजदर घटाएको छ । माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने बैंकले जनाएको छ । यो संगै माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ । कुमारी बैंकले १ वर्षभन्दा […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा १७ थान गाई गोरु बरामद

रौतहट २५ पुस। तस्करले रौतहटबाट भारत तर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले बरामद गरेको छ। जिल्ला सदरुकाम गौर नगरपालिका २ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको  गस्तीटोलीले भारततर्फ लैजादै गरेको अबस्थामा १७ थान गाई गोरु बरामद गरेको हो।   तस्करहरु प्रहरीलाई देखेर फरार भएपछि उक्त स्थान बाट गाई १० वटा , गोरु १ वटा […]

पुरा पढ़नुश