२ करोडको रक्तचन्दनको तेलसहित आठ जना पक्राउ

रसीद आलम। काठमाडौं, १४ जेठ रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ […]

पुरा पढ़नुश

चाँदीका औठी र पाउजुहरू सहित एक जना महिला बिरगंजमा पक्राउ ।

रसीद आलम, बिरगंज ,१४ जेठ । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको अवस्थामा जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० को उमा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जेठ १२ गते  विहान ४:०५ बजेको समयमा  वीरगञ्ज म.न.पा. वडा नं.१६ रजतजयन्ति स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाका वरिष्ठ […]

पुरा पढ़नुश

सत्मार्ग फाउन्डेसन पर्साद्वारा बृक्षा रोपन कार्यक्रम सम्पन्न ।

रसीद आलम,बिरगंज ,१४ जेठ । सत्मार्ग फाउन्डेसनका जिल्ला कार्य समिति पर्साको तर्फ बाट जिल्ला अध्यक्ष एवम सामाजिक अभियन्ता मेराज मिया र संस्थाका केन्द्रिय अध्यक्ष तबरेज आलमको संयुक्त पहल तथा अगुवाइमा बिरगंज महानगरपालिका वडा २२ अन्तरगत पर्ने जगरनाथपुर टोल स्थित रहेको श्री एस के अकेडेमी र सनराइज बोडीङ्ग स्कुलको परिसरमा विभिन्न किसिमका प्रजातीहरुको बिरुवाहरू बृच्छारोपन कार्यक्रम […]

पुरा पढ़नुश

अमिर खान ‘दंगलकी छाेरी’ फातिमा सानासँग डेटमा

मुम्बइ, १४ जेठ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।   यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । […]

पुरा पढ़नुश

भारत भ्रमण बारेमा प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ

काठमाडौं, १४ जेठ । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् ।   आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पुर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन् […]

पुरा पढ़नुश

बीस वर्ष नपुगी विवाह गर्ने १६ प्रतिशत 

खोटाङ, १४ जेठ खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक–फरक मुल्यमा बेच्ने गरिएको सरकारी प्रतिबेदन सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बजारमा ‘एउटै बस्तुको मुल्या फरक–फरक’ रहेको प्रतिबेदन सार्वजनिक गरिएको हो ।   तीन जिल्लाका बजारमा एउटै वस्तुलाई […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै

काठमाडौं, १४ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।   आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

पुरा पढ़नुश

जिल्ला हुलाक कार्यालय बाराका प्रमुख पक्राउ

बारा, १३ जेठ बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला […]

पुरा पढ़नुश

प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न सर्वाेच्चमा निवेदन, प्रधानमन्त्रीबाट निलम्बन गर्न माग

काठमाडौं, १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा निवेदन परेको छ ।   लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै […]

पुरा पढ़नुश

जीतपुरसिमराको कार्यपालिका सदस्य चौधरीको निधन

बारा, १३ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ ।   पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।   जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिईन् । अस्पताल […]

पुरा पढ़नुश