मकवानपुरबाट झन्डै ५१२ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं, २० वैशाख मकवानपुरबाट प्रहरीले झन्डै ५१२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन् । राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको […]

पुरा पढ़नुश

अर्थमन्त्रालयका सचिव फेरिए

काठमाडौं, २० वैशाख सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् । सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । उनी […]

पुरा पढ़नुश

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याईयो

काठमाडौ‌, २० बैशाख ।  ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याईएको छ।   नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा आज दिउँसो पक्राउ गरिएको थियो ।   पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । जिल्ला […]

पुरा पढ़नुश

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम […]

पुरा पढ़नुश

नवौँपटक मन्त्रिपरिषद् विस्तार : धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्री बने

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र  डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं, २० वैशाख राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २४ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरिएको हो । प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध […]

पुरा पढ़नुश

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं, २० वैशाख । नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी  ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् […]

पुरा पढ़नुश

प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना मानिस पर्सामा पक्राउ ।

रसीद आलम,पर्सा ,१९ बैशाख । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी गस्ती टोलीले बैशाख १७ गते बेलुका १२:३० बजेको समयमा ठोरी गाउँपालिका वडा नं.५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार […]

पुरा पढ़नुश

एक करोड भन्दाबढीका खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको २ वटा ट्रकहरू बिरगंजमा पक्राउ ।

रसीद आलम,पर्सा ,१९ बैशाख । बिल बिजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड रहेको दुईवटा ट्रकहरूलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक बिदुर सिवाकोटीको […]

पुरा पढ़नुश

बिरगंजमा भारतीय नोट सहित २ जना ब्यक्तिहरु पक्राउ ।

रसीद आलम,बिरगंज ,१९ बैशाख । प्रतिबन्धित भारतीय नोट सहित दुई जना मानिसहरू पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । बैशाख १७ गते बेलुकी ३:३०  वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक बिदुर सिवाकोटी  र प्रहरी चौकी ईनर्वा पर्साको वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा  वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल […]

पुरा पढ़नुश