पर्सा प्रहरीद्वारा स्रोत नखुलेको रकम सहित एक ब्यक्ति पक्राउ ।

रसीद आलम ।पर्सा ,बिरगंज, माघ, १९।जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम बीस लाख सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज मनपा वडा नं.१६ रजतजयन्तीचोक स्थित सडक खण्डमा प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल  चालक शंकास्पद रुपमा सवार भई आईरहेको हुँदा मोटरसाइकल  रोकी चेक जाँच गर्ने क्रममा मोटरसाइकल […]

पुरा पढ़नुश

निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न ।

रसीद आलम।पर्सा, माघ १९ ।”समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२, पर्साको आयोजनामा बीरगंज सामुदायिक आँखा अस्पताल र राईजिङ्ग बीरगंज नेपालको विशेष सहयोगमा पकहाँ मैनपुर गा पा वडा नं. १ धोरेमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । पकहाँ मैनपुर गा पा वडा नं. १ धोरे […]

पुरा पढ़नुश

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश।

  काठमाडौं, १९ माघ नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो । निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने […]

पुरा पढ़नुश

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ : केपी ओली।

मोरङ, १९ माघ । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा […]

पुरा पढ़नुश

खुद्रा मालबस्तुहरू तथा लत्ताकपडाहरु लोड रहेको दुईवटा ट्याक्टरहरू नियन्त्रणमा:पर्सा प्रहरी ।

बिरगंज ,माघ १९।  जिल्ला प्रहरी कार्यालय पर्साले चण्डालचोक सडकखण्डबाट दुईवटा ट्याक्टरहरू पक्राउ गरेको छ । पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्याक्टरहरू नियन्त्रणमा लिइएको हो। वीरगञ्जतर्फ ल्याउदै गरेको गोप्य  सूचनाको आधारमा  वडा प्रहरी कार्यालय श्रीपुर तथा सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार वीरगञ्ज महानगरपालिका […]

पुरा पढ़नुश

९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ ।

काठमाडौं, १९ माघ ९ किलो अबैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृतमा राखिएको छ । फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ़नुश

वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार बाराका पत्रकार लक्ष्मी साहलाई प्रदान गरिने।

बारा, १९ माघ । प्रेस चौतारी नेपालले बाराका स्वर्गीय पत्रकार वीरेन्द्रकुमार साहको नाममा स्थापना गरेको वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार यस वर्ष बारा जिल्लाका पत्रकार लक्ष्मी साहलाई प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपालले यस वर्षको वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार पत्रकार साहलाई दिने निर्णय गरेको हो । चौतारीका महासचिव हिरामान लामाले विज्ञप्ति जारी […]

पुरा पढ़नुश

लमजुङमा ६ महिनामा करीब ५ हजार सवारीसाधन कारबाहीमा।

लमजुङ १८ माघ  ।  ट्राफिक प्रहरी कार्यलय लमजुङले ६ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ४ हजार ९५० सवारीसाधन कारवाही गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा भएका कारबाहीबाट ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न […]

पुरा पढ़नुश

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य।

काठमाडौं, १८ माघ ।नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ । यस्तै […]

पुरा पढ़नुश

स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी।

काठमाडौं, १८ माघ निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ । युवराज पौडेल सफलले  रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी […]

पुरा पढ़नुश