स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

बारा ,१५ माघ । प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्। इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ […]

पुरा पढ़नुश

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडी,१५ माघ  । बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए। चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली बैतडी गएको जनाइएको छ।

पुरा पढ़नुश

पोखरामा १५ लाख चोरी गरेर बुटवलको होटल पुगेका युवा-युवती पक्राउ

काठमाडौं ,१५ माघ ।  मध्यराति पोखरा महानगरपालिका-८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन्। प्रहरीले उनीहरूलाई बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित होटलबाट पक्राउ गरिएको कास्की प्रहरी […]

पुरा पढ़नुश

संघमा पाँच हजार प्रहरी भए पुग्छ : विमलेन्द्र निधि

काठमाडौं,१५ माघ  । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी भए पुग्ने बताएका छन्। सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए। प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ। निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने धारणा राखेका हुन्।

पुरा पढ़नुश

आजको मौसमः तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने

काठमाडौं, १५ माघ ।  हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।   […]

पुरा पढ़नुश

केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा

काठमाडौं, १५ माघ । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।   खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, […]

पुरा पढ़नुश

मन्त्रीपरिषद बैठक बस्दैँ

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।   नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।   बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।   आजै एमाले […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा एसपी गौतम मिश्र, शान्ति र सुरक्षामा प्राथमिकता

पर्सा, १४ माघ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। मानव वेचविखन अनुसन्धान ब्यूरोको अनुसन्धान व्यवस्थापन शाखाबाट सरुवा भई आएका एसपी मिश्रलाई कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंसहित अन्य प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहण […]

पुरा पढ़नुश

प्रेस सेन्टर नेपालको बैठक सम्पन्न, २१औं स्थापना दिवस मनाउने तयारी तीव्र

रसीद आलम ,वीरगञ्ज, १४ माघ प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला कार्य समितिको बैठक आज वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो। बैठकले प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। यस अवसरमा माघ १५ गते बिहान ८ बजे वीरगञ्जको घन्टाघरमा […]

पुरा पढ़नुश

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं ,१४ माघ । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार […]

पुरा पढ़नुश