२२ वर्षपछि ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  काभ्रेपलाञ्चोक, १३ पुस । ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई २२ वर्षदेखि फरार रहेका पुष्पराज गौतमलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ निवासी हाल मकवानपुर, हेटौंडा उपमहानगरपालिका–६ बस्दै आएका ५१ वर्षीय गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पुस ११ गते पक्राउ गरेको हो। गौतमविरुद्ध मिति २०५९ मंसिर ९ गते काठमाडौँ जिल्ला अदालतबाट […]

पुरा पढ़नुश

बीरगञ्जमा अवैध घरेलु मदिरा नियन्त्रणमा, ७०० लिटर नष्ट

पर्सा, १३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अवैध रुपमा ल्याइँदै गरेको घरेलु मदिरा ७०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको छ। पुस १२ गते बिहान करिब ९ बजे, बीरगञ्ज महानगरपालिका वडा नम्बर २१, परवानीपुर चोक नजिक चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउँदै गरेको सार्वजनिक यात्रु बसबाट उक्त मदिरा बरामद गरिएको हो। प्रहरीले बरामद मदिरालाई कार्यालयमा […]

पुरा पढ़नुश

अमेरिकामा घरबारबिहिनको संख्या १८.५ प्रतिशतले बृद्दी, ७ लाख ७० हजार सडकमा

वासिंगटन डिसी, १३ पुस । अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै १८.१ प्रतिशतले बृद्दी भएको छ । अमेरिकाको आवास र शहरी विकास विभाग द्वारा घरबारविहीनता सबन्धी वार्षिक संघीय रिपोर्ट अनुसार जनवरीमा ७ लाख ७० भन्दा बढी मानिस घरबारबिहिन भएका हुन । उनीहरू आफ्नो घर नभए पछि आश्रयस्थल वा सडकपेटीमा बस्दै आएका छन । […]

पुरा पढ़नुश

प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं,१३ पुस  । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक […]

पुरा पढ़नुश

स्रोत नखुलेको ९२ लाख रुपैयाँ सहित तीन जना पक्राउ

काठमाडौं, १२ पुस । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम ९२ लाख रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ निवासी रवि धमला (३४ वर्ष), रसुवा उत्तरगया गाउँपालिका–२ निवासी जीत बहादुर तामाङ (३९ […]

पुरा पढ़नुश

स्वदेशी बस्तुको प्रयोग बृद्दी र रूग्ण उधोगबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघुु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन नीति, […]

पुरा पढ़नुश

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

जनकपुर, १२ पुस ।  मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयको […]

पुरा पढ़नुश

सर्लाहीमा लागू औषधसहित दुई जना पक्राउ

सर्लाही,१२ पुस । पुस १० गते  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले गौडैता नगरपालिका वडा नम्बर १२ मधुवनी गाउँस्थित सडक खण्डमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी टोलीले भारतको मेजरगंजबाट नेपालतर्फ आउँदै गरेको प्र.०३-००५ प ५२६२ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल सवार दुई जनालाई […]

पुरा पढ़नुश

संघीय मन्त्रीलाई बदनाम गर्न गरिएको दुष्प्रचारको विरोध, दोषीमाथि कारबाहीको माग

वीरगञ्ज, १२ पुस जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर कार्य समितिले संघीय मन्त्री प्रदीप यादवलाई लक्षित गर्दै गरिएको दुष्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ। नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव यादवलाई बदनाम गर्ने नियतले जसपा नेपाल  पर्साका जिल्ला अध्यक्ष […]

पुरा पढ़नुश

कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर, १२ पुस । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू छन् ।   यस्तो अवस्थामा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ ।   नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा […]

पुरा पढ़नुश