आन्दोलनका क्रममा आपराधिक उपद्रव र आगजनी गर्ने पाँच जना पक्राउ

मकवानपुर, २७ कार्तिक । मकवानपुरमा गएको जेन–जेड आन्दोलनका क्रममा आपराधिक उपद्रव तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर प्रहरीले जनाएको अनुसार मिति २०८२ साल भदौ २४ गते भएको उक्त आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा सोही ठाउँमा बस्ने ३६ वर्षीय सुजन […]

पुरा पढ़नुश

सूर्य नेपालका कर्मचारी बनेर व्यापारी ठग्ने तीन जना पक्राउ

हेटौंडा, कार्तिक २७ । आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारी भएको दाबी गर्दै विभिन्न व्यापारीलाई सामान खरिद गर्ने बहानामा ठगी गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगञ्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगञ्ज–३२ टेटा घर भई हाल मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा गरी […]

पुरा पढ़नुश

पर्सामा लागु औषध गाँजा सहित एक व्यक्ति पक्राउ

वीरगञ्ज, २६ कार्तिक । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने खेदु महतो धानुकलाई लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २३ गते दिउँसो करिब २ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले धानुकले सञ्चालन गरेको किराना पसलमा […]

पुरा पढ़नुश

सिमराका डिएसपी जोशीको नेतृत्वमा लागू औषधसहित महिला पक्राउ : गाजाँ, विभिन्न ट्याबलेट र नगद बरामद

बारा, २६ कार्तिक । ईलाका प्रहरी कार्यालय सिमराको टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीमा ठूलो परिमाणमा लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । सो कारबाही ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको नेतृत्वमा गरिएको प्रहरीले जनाएको छ । मधेश प्रदेशको बारा जिल्लास्थित जितपुर सिमरा उपमहानगरपालिका–१८ लामिडाँडामा बसोबास गर्दै आएकी अन्दाजी ४० वर्षीया […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा करिब ६ लाख बराबरका भन्सार छलिएका सामान बरामद

बीरगंज, २६ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले करिब ६ लाख रुपैयाँ बराबरका भन्सार छलिएका विभिन्न सामान बरामद गरेको छ। प्रहरीका अनुसार प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले मिति २०८२ कार्तिक २२ गते साँझ ५:४५ बजे बीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोक सडक खण्डबाट उक्त सामान बरामद गरेको […]

पुरा पढ़नुश

७ दलिय गठबन्धनद्वारा असंवैधानिक मुख्यमन्त्री नियुक्तिको विरोधमा आन्दोलनको घोषणा

जनकपुरधाम, २६ कार्तिक । मधेश प्रदेशमा असंवैधानिक रूपमा नियुक्त भएको भन्दै सात दलिय गठबन्धनले तीव्र विरोध जनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल कार्तिक २२ गते तत्कालीन मधेश प्रदेश प्रमुख मा. सुमित्रा सुदेवी भण्डारीद्वारा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई संविधानविपरीत तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त निर्णयको […]

पुरा पढ़नुश

निर्वाचन आयोगको अपिल : फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

काठमाडौं, कार्तिक २६। निर्वाचन आयोग, नेपालले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने सबै नेपाली नागरिकलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन हार्दिक अपिल गरेको छ। आयोगका अनुसार, हाल नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने व्यक्तिहरूले […]

पुरा पढ़नुश

नेपालमा इन्टरनेटको नयाँ युग — वर्ल्डलिंकले सार्वजनिक गर्‍यो ‘Wi-Fi 6G’! स्पिड ४ गुणा फास्ट हुने दाबी

काठमाडौं, कार्तिक २५ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशमै पहिलो पटक ‘वाई–फाई 6G’ सेवा सुरु गरेको छ । कम्पनीले नयाँ पुस्ताको लागि अत्याधुनिक इन्टरनेट प्रविधि सार्वजनिक गर्दै, यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरेको छ। कम्पनीका अनुसार **‘वर्ल्डलिंक सिक्सजी’**ले हाल प्रयोगमा रहेको वाई–फाई […]

पुरा पढ़नुश

हराएका ३६ वटा मोबाइल फेला, बारा प्रहरीले सम्बन्धित मालिकलाई बुझायो

बारा, २५ कार्तिक । मिति २०८२ साल साउन १ गतेदेखि हालसम्म हराएका ३६ वटा मोबाइल फोन विभिन्न माध्यमबाट खोजतलास गरी फेला पारिएको बारा प्रहरीले जनाएको छ। प्रहरीले ती मोबाइलहरूका वास्तविक मालिकलाई बुझाइसकेको छ। प्रहरीका अनुसार हराएका मोबाइल फोनहरू विभिन्न स्थानबाट फेला पारिएका हुन्। प्रहरीले प्राप्त निवेदन, प्राविधिक अनुसन्धान तथा सर्वसाधारणको सहयोगबाट ती मोबाइलहरू फेला पारेको […]

पुरा पढ़नुश

नाबालिकामाथि जबरजस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ

मकवानपुर, २५ कार्तिक । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पिडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी.लाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गर्दै थप अनुसन्धान अगाडि बढाएको छ। मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ। उनले […]

पुरा पढ़नुश