साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भए बाराका प्रहरी नायव निरीक्षक मनोज साह सोनार

बारा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको “Best Police of the Month” घोषित गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३” बमोजिम प्रहरी नायव निरीक्षक साहलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान […]

पुरा पढ़नुश

वीरगञ्ज-१६ को जामे मस्जिदद्वारा बाढीपीडितका लागि ७५ हजारभन्दा बढी सहयोग

वीरगञ्ज,१८ भदौ  । पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलस्थित जामे मस्जिदले भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकको सहयोगार्थ रु. ७५ हजार ७ सय ८६ सहयोग गरेको छ। मस्जिदले विपद्को कठिन परिस्थितिमा बाढीपीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। प्राकृतिक विपद्का कारण […]

पुरा पढ़नुश

प्रहरी सेवा थप प्रभावकारी बनाउन बारा एसपी कुँवरको निर्देशन

बारा,१८ भदौ  । जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा मासिक मिटिङ तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षतामा बिहीबार मिति २०८३ भदौ १८ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुख, कार्यालयमा कार्यरत […]

पुरा पढ़नुश

डीएसपी विकास अधिकारीलाई वीरगञ्जमा विदाइ, नयाँ जिम्मेवारीमा श्याम सङ्गती महर्जन

रसीद आलम ,वीरगञ्ज, १७ भदौ ।सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको सरुवा भई उनको ठाउँमा डिएसपी श्याम सङ्गती महर्जनले गुल्मको कमान्ड सम्भालेका छन् ।सरुवा भई जानलागेका डिएसपी अधिकारीलाई बिदाई कार्यक्रममा सम्मान  गरिएको छ। वीरगञ्ज महानगरपालिका–२ का वडा अध्यक्ष म. रेयाज मिया तथा नेपाली कांग्रेस वडा नं. २ […]

पुरा पढ़नुश

भन्सार छली नेपाल भित्र्याइएका ८ वटा भारतीय ई- स्कुटर र ७२० किलो कफीका दाना बरामद

वीरगञ्ज, १७ भदौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका ८ वटा भारतीय इलेक्ट्रिक स्कुटर (EV) तथा ७२० किलो कफीका दाना बरामद गरेको छ। प्रहरीका अनुसार २०८३ भदौ १६ गते दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी पैठारी गरी ल्याई अनधिकृत रूपमा सञ्चालनमा रहेका ८ वटा भारतीय इलेक्ट्रिक […]

पुरा पढ़नुश

वीरगञ्जमा एक कोठाको ताल्चा फुटाई गरगहना चोरी, चोरीका सामानसहित दुई युवक पक्राउ

वीरगञ्ज,१७ भदौ  । पर्साको वीरगञ्ज महानगरपालिका–१५ मा डेरा कोठाको ताल्चा फुटाई गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र सोही स्थानका उनका साथी २० वर्षीय ओमप्रकाश प्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार बारा कोल्हवी नगरपालिका–१० घर भई हाल वीरगञ्ज […]

पुरा पढ़नुश

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चोकसम्म पहिलो चरण

वीरगन्ज ,१७ भदौ । वीरगन्ज महानगरपालिकाले शहरमा अव्यवस्थित रूपमा फैलिएका इन्टरनेट तथा टेलिभिजन केवलका तार व्यवस्थापन गर्न अभियान सुरु गर्ने भएको छ। महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो चरणमा वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चोकसम्म सडक तथा पोलहरूमा जथाभावी टाँगिएका इन्टरनेट र टिभी केवलका तार हटाउने […]

पुरा पढ़नुश

मुसहर्वाका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा, भदौ १६ । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालकको अपहरणपछि भारतमा लगेर हत्या गरेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। विश्रामपुर गाउँपालिका–३ मुसहर्वा निवासी ११ वर्षीय राजेश कुमार साह भदौ ९ गते बिहान करिब ९ बजे घरबाट हराएका थिए। बालक हराएको जानकारी सोही दिन साँझ करिब ७:५० बजे प्रहरी चौकी […]

पुरा पढ़नुश

बाँसको पात टिप्न गएकी १५ वर्षीया किशोरीको लडेर मृत्यु

बारा, भदौ १६ । बारा कलैया उपमहानगरपालिका–१२, शीतलपुरमा बाँसबाट लडेर गम्भीर घाइते भएकी १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। मिति २०८३ भदौ १५ गते दिउँसो करिब ४ बजे स्थानीय राजेन्द्र मण्डलकी १५ वर्षीया छोरी अञ्जली कुमारी गाईवस्तुको खानाका लागि बाँसको पात टिप्न गएकी थिइन्। सो क्रममा बाँसबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका […]

पुरा पढ़नुश

इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु

बारा, भदौ १६ । बाराको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलमा इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब ४ बजे आफ्नै घरअगाडि चार्जमा राखिएको मधेश प्रदेश ०३–०२ ह २३६८ नम्बरको इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा करिब ४५ वर्षीय शर्मा पटेल घाइते भएका थिए। करेन्ट लागेर घाइते भएका पटेललाई उपचारका […]

पुरा पढ़नुश