क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आरोपमा ८ जना नियन्त्रणमा

वीरगञ्ज,२१ भदौ  । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ साल भदौ २० गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको […]

पुरा पढ़नुश

क्यासिनो छापामारी प्रकरणमा आफ्नो नाम जोडेर गलत प्रचार गरिएको भन्दै छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारको स्पष्टोक्ति

वीरगञ्ज,२१ भदौ  । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले वीरगञ्जस्थित एक क्यासिनोमा प्रहरीले गरेको छापामारीसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गलत तथा भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। अध्यक्ष कुमारले सामाजिक सञ्जालमार्फत आफू कुनै पनि क्यासिनोमा पक्राउ नपरेको तथा प्रहरीको छापामारीका क्रममा आफू पक्राउ परेको भन्ने प्रचार पूर्ण रूपमा गलत र भ्रामक […]

पुरा पढ़नुश

बारामा १५१ किलो गाँजा बरामद, तस्कर समूह फरार

बारा,२१ भदौ  । पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरीले १५१ किलो लागूऔषध गाँजा बरामद गरेको छ। मिति २०८३ भदौ २० गते राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया, बाराबाट प्रहरी सहायक निरीक्षक राजेश सिंहको नेतृत्वमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, नेपाल BOP बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त […]

पुरा पढ़नुश

बैजुरा पुलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा,२० भदौ  । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब १२ः०१ बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा […]

पुरा पढ़नुश

नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुल्ने युवक पक्राउ

काठमाडौं,२० भदौ ।  सामाजिक सञ्जालमार्फत महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, एक महिलासँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढाले आफू ‘ह्याकर’ भएको […]

पुरा पढ़नुश

पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज, भदौ २०। पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले ग्रामीण भेगबाट सवारीसाधनमा लुकाइछिपाइ ओसारपसार भइरहेको अवस्थामा ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो। लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा पर्सा प्रहरीले विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो। सोही क्रममा […]

पुरा पढ़नुश

१९ वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्ज ,१९ भदौ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पर्सा प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। प्रहरीका अनुसार वि.सं. २०६३ चैत १५ गते नामथर तथा वतन परिवर्तित ३४ वर्षीय पीडितलाई विभिन्न प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै रु. ९० हजार रकम लिइएको थियो। पीडितलाई […]

पुरा पढ़नुश

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार, एकको अवस्था जटिल

काठमाडौं,१९ भदौ  । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मध्ये दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। कठिन र जोखिमपूर्ण परिस्थितिबीच गरिएको निरन्तर खोज तथा उद्धार अभियानबाट उनीहरूलाई आज बिहान जीवितै बाहिर निकालिएको हो। उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने कबीर महर्जनको अवस्था जटिल […]

पुरा पढ़नुश

भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई २५ लाखसम्म राहत, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख योगदान

काठमाडौं, भदौ १८ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई राहत, सहयोग र पुनर्स्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सम्पूर्ण मृतकप्रति […]

पुरा पढ़नुश

वीरगञ्जमा तार चोरी गर्ने गिरोह सक्रिय, बिर्ता प्रहरीद्वारा २ जना पक्राउ

वीरगञ्ज, भदौ १८ । वीरगञ्ज महानगरपालिकामा सडक विस्तार भइरहेको क्षेत्रबाट विभिन्न इन्टरनेट तथा सञ्चार सेवाका तार चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। वीरगञ्जको गण्डकदेखि शंकराचार्य गेटसम्म भइरहेको सडक विस्तारका क्रममा विभिन्न स्थानबाट नेटका तार चोरी भएको घटनाबारे प्राप्त CCTV फुटेज तथा भिडियोको विश्लेषणपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान […]

पुरा पढ़नुश