काठमाडौंमा चोरीका गरगहना, नगद र हतियारसहित दुई पक्राउ

काठमाडौं, १० चैत । काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित लामा गल्लीमा डेरा गरी बस्दै आएका व्यक्तिको कोठाबाट सुन, चाँदीका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत ६ गते उक्त डेरा कोठामा रहेको काठको दराजबाट अन्दाजी २६ तोला ८ आना सुनका गरगहना, करिब ३३ […]

पुरा पढ़नुश

परीक्षा रद्द भएपछि हरि खेतान क्याम्पसमा विद्यार्थी आन्दोलित, बसमा तोडफोड

वीरगञ्ज,८ चैत । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को त्रैमासिक परीक्षा अन्तिम समयमा आएर रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूले आकस्मिक रूपमा परीक्षा स्थगित गरिएको सूचनापछि क्याम्पस परिसरमै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले क्याम्पसको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको जनाइएको छ। विद्यार्थीहरूले परीक्षा निर्धारित […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नं.९ पशुपतिनाथ बाहिनीद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, चैत ,७। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले आफ्नो “२२औँ स्थापना दिवस” को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ। बाहिनी मुख्यालय परिसरमा आयोजित उक्त कार्यक्रम नेपाल एपीएफ अस्पतालको सहकार्यमा सम्पन्न भएको हो। स्थापना दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरूको उल्लेख्य सहभागिता रहेको […]

पुरा पढ़नुश

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना

काठमाडौँ, चैत,७ ।प्रधानमन्त्री सुशीला कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद्-उल-फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा रमजान महिनाको एक महिनासम्मको व्रत (रोजा) सम्पन्न भएसँगै मनाइने इद्-उल-फित्रले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गर्नुभएको छ। उहाँले रमजानलाई सत्कर्म, संयम र […]

पुरा पढ़नुश

ईदको अवसरमा बालेन शाहको सन्देश: सद्भाव र एकतामा जोड

काठमाडौँ, चैत ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह (बालेन शाह) ले ईदको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्रै देश अघि बढ्न सक्ने बताएका छन्। उनले एक–अर्काप्रति सम्मान, समझदारी र […]

पुरा पढ़नुश

हुण्डी संजालविरुद्ध सशस्त्र प्रहरीको कडा कारबाही, २० लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

बिरगञ्ज, ६ चैत । सशस्त्र प्रहरी बल, नेपाल पर्साले हुण्डी कारोबार नियन्त्रणका क्रममा २० लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ निवासी अन्दाजी ५० वर्षीय विनय शंकर साह तुरहा रहेका छन्। उनलाई भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज […]

पुरा पढ़नुश

रमजानको अवसरमा वीरगञ्जमा विपन्नलाई कपडा वितरण

बिरगंज, ५ चैत । पवित्र रमजान महिनाको अवसर पारेर वीरगञ्ज महानगरपालिका–१३ मा विपन्न तथा असहाय नागरिकहरूलाई कपडा वितरण गरिएको छ। समाजसेवी तथा नेपाली कांग्रेसका वडा नं. १३ का वडा अध्यक्ष प्रत्यासी शेख रुस्तमले मुर्ली नयाँ टोलमा आयोजित एक कार्यक्रममा करिब ६० जना अति विपन्न नागरिकहरूलाई कपडा वितरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै रुस्तमले रमजान महिनामा गरिब […]

पुरा पढ़नुश

डिआईजी ढकालद्वारा पर्सा जिल्लास्थित सशस्त्र प्रहरी इकाइहरूको अनुगमन, सीमावासीसँग सुमधुर सम्बन्ध कायम राख्दै सीमा सुरक्षा कडाइ गर्न निर्देशन

वीरगञ्ज, ५ चैत। सशस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालले पर्सा जिल्लास्थित सशस्त्र प्रहरीका विभिन्न इकाइहरूको अनुगमन गरेका छन्। बुधबार गरिएको अनुगमनका क्रममा उनले सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सा तथा सीमा सुरक्षा गुल्म, वीरगञ्ज भन्सार क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा डिआईजी ढकालले फागुन […]

पुरा पढ़नुश

शान्तिपूर्ण निर्वाचन सम्पन्न : प्रधानमन्त्रीद्वारा पशुपतिनाथप्रति कृतज्ञता व्यक्त

काठमाडौं, चैत ४ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक संजाल मार्फत जारी गरेको सन्देशमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ। उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ, सहयोग र […]

पुरा पढ़नुश

तस्करी संजालमाथि सशस्त्र प्रहरीको कडाइ : वीरगञ्जबाट ६ लाखभन्दा बढीका अवैध औषधि बरामद

वीरगञ्ज, ४ चैत । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै भारी परिमाणमा अवैध औषधि बरामद गरेको छ। गुल्मका अनुसार काठमाडौँतर्फ लैजाँदै गरिएको अवस्थामा यात्रुवाहक सवारीसाधनबाट विभिन्न किसिमका औषधिहरू बरामद गरिएको हो। बरामद औषधिको अनुमानित मूल्य ६ लाख २६ हजार रुपैयाँ रहेको जनाइएको छ। गए राति सशस्त्र प्रहरी निरीक्षक […]

पुरा पढ़नुश