पर्सामा संयुक्त सवारी चेकजाँच: ट्राफिक नियम उल्लंघनमा सचेतनामूलक अभियान सञ्चालन

पर्सा, ४ चैत । पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत गण्डक चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र यातायात कार्यालय पर्साको संयुक्त आयोजनामा सवारी साधन चेकजाँच अभियान सञ्चालन गरिएको छ। संयुक्त टोलीले सञ्चालन गरेको उक्त चेकजाँचका क्रममा सवारी साधनको प्राविधिक अवस्था, सवारीको बोक्ने क्षमता, टायरको अवस्था तथा सवारी दर्ता नवीकरण सम्बन्धी विषयहरूमा विशेष ध्यान दिइएको जिल्ला ट्राफिक […]

पुरा पढ़नुश

रमजान पर्वको अवसरमा वीरगञ्जमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनद्वारा अफ्तारी कार्यक्रम

वीरगञ्ज, चैत ३ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, जिल्ला कार्य समिति पर्साले रमजान पर्वको अवसरमा अफ्तारी कार्यक्रम आयोजना गर्ने भएको छ। मालपोत कार्यालय पर्सा परिसर, वीरगञ्जमा आयोजना हुने उक्त कार्यक्रमबारे एसोसिएसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवद्वारा जारी सूचनामा जानकारी दिइएको हो। सूचनाअनुसार एसोसिएसनसँग आबद्ध सम्पूर्ण मुस्लिम कानून व्यवसायीहरूलाई लक्षित गरी अफ्तारी कार्यक्रम गर्न लागिएको उल्लेख […]

पुरा पढ़नुश

फागुन महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’ डीएसपी किशोर लम्साल घोषित

विराटनगर, चैत ३ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ। प्रहरी संगठनको विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको आधारमा लम्साललाई उक्त उपाधि […]

पुरा पढ़नुश

बारामा तस्करी नियन्त्रण अभियान तीव्र : ११ लाख बराबरको गाडी र चकलेट बरामद,चालक पक्राउ ।

बारा, ३ चैत । सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले करिब ११ लाख रुपैयाँ बराबरको गाडी र चकलेट बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) धन बहादुर […]

पुरा पढ़नुश

अशक्त नागरिकलाई ह्विलचेयर वितरण : सशस्त्र प्रहरी बलको मानवीय पहल

पर्सा, ३ चैत । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा उदाहरणीय कार्य गर्दै शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई ह्विलचेयर वितरण गरेको छ। चैत २ गते सोमबार सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वाटर पर्सा, वीरगंज हेल्थ केयर अस्पताल तथा मानव सेवा आश्रमका प्रतिनिधि प्रकाश […]

पुरा पढ़नुश

पर्सा प्रहरीका ‘चार खम्बा’ : जसले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाए

सुनिल श्रेष्ठ पर्सा, २ चैत । हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन पर्सामा खटिएका चार प्रहरी अधिकृतहरूको सक्रिय भूमिका निर्णायक बनेको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल तथा इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

लागूऔषध दुरुपयोगविरुद्ध विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

वीरगञ्ज, २ चैत । वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित कञ्चनजङ्घा इंग्लिस स्कुलमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लागूऔषध दुरुपयोगविरुद्ध सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ। आइतबार आयोजित कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीले प्रशिक्षण दिएका हुन्। कार्यक्रममा उनले लागूऔषधको दुरुपयोगले व्यक्तिको स्वास्थ्य, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे […]

पुरा पढ़नुश

६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २ चैत । बैंकिङ कसुरसम्बन्धी मुद्दामा ६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२४ वटु घर भई हाल नागर्जुन नगरपालिका–५ सितापाइला बस्दै आएका अवस्थामा प्रहरीले पक्राउ गरेको हो। नेपाल राष्ट्र […]

पुरा पढ़नुश

पर्सामा ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

वीरगञ्ज, २ चैत। पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले उक्त परिमाणको ट्रामाडोल बरामद गरेको हो। प्रहरीका अनुसार मिति २०८२ फागुन ३० गते दिउँसो करिब १२:१५ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी साझेदारीमा शिव मन्दिर सरसफाइ, हावाहुरीले ढालेको रुख हटाएर सडक सुचारु

वीरगञ्ज ,१ चैत । पर्सा जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ तथा अवरुद्ध सडक खुलाउने कार्य सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ फागुन ३० गते सखुवाप्रसौनी गाउँपालिका–२ स्थित शिव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रम नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहकार्यमा सम्पन्न भएको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश