रसीद आलम ।
वीरगन्ज, १९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल १३ नंबर हेड क्वाटरका पर्साले लाखौंको विभिन्न सामानहरु बरामद गरेको जानकारी प्राप्त भएको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.१३ हे. क्वा. पर्सामा पर्ने विभिन्न बिओपिद्धारा यस हप्ताबरामद गरिएको करिब १२ लाख भन्दा बढीको माछा, सुर्ति, अटो पार्ट्स अन्य, लगायतका सामानहरु बरामद गरी विरगंज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा. पर्साका सूचना अधिकारी सन्तोष कुमार बस्नेतले जानकारी दिएका छन ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ हे. क्वा. पर्साका तथ्यांक अनुसार १२ लाख ७० हजार ४ सय २७ रुपैयाँ बराबरको विभिन्न सामानहरु यस एक हप्ता भित्रमा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नंबर हेड क्वाटर पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलको विशेष सक्रियतामा दशै, तिहार र छठ पर्वको बेलामा सिमा पारिबाट हुने अबैध सामानहरुको नियन्त्रण , र बरामदगीमा तीव्रता भएको बस्नेतले जानकारी दिएका छन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा. पर्साका सूचना अधिकारी सन्तोष कुमार बस्नेतका अनुसार पर्सा जिल्ला बीरगंज म.न.पा. – १६ इनर्वा भन्सार मेनगेट, वीरगंज म.न.पा.-२६ अलौ, बिन्दवासिनी गा.पा.३ बहुअर्वाभाठा चोक, बि.म.न.पा. १ स्थित छप्कैया, ठोरी गा.पा.-२ ठोरी, जिराभवानी गा.पा.-१ ,वीरगंज म.न.पा.-२५ ड्राईपोर्ट, ठोरी गा.पा.-३ ब्रम्हानगर लगायतका विभिन्न स्थानहरुबाट सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्सा, सुरक्षा वल बहुअर्वाभाट्टा, सुरक्षा वेश बिरगंज, वि.ओ.पि. विरगंज, वि.ओ. पि. महादेवपट्टी, वि. ओ.पि. ठोरी वि.ओ. पि. ड्राईपोर्ट, वि.ओ.पि. अलौ, वि.ओ. पि. अमरपट्टी, वि.ओ.पि. भिखमपुर, वि.ओ.पि. प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस हप्ता मिति २०७९।०७।१२ गते देखी २०७९।०७।१९ गते सम्म मुल्य रु १२,७०४८५।-( वाह्र लाख सत्तरी हजार चार सय पचासी ) बराबरको विभिन्न सामानहरू जस्तै कपडा, चिनि, कस्मेटिक सामान, हार्डवेयर सामान, माछा, सुर्ति, अटो पार्ट्स अन्य, लगायतका सामानहरु बरामद गरी विरगंज भन्सार कार्यालयमा दाखिला गरिएको हो।
साथै मिति २०७९।०७।१८ गते जिल्ला पर्सा बहुदरमाई न.पा. ७ छप्कैया स्थित बाँसको झांगमा लुकाई राखिएको ७ के.जि. बेवारिसे लागु औषध (गाँजा ) नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साका सूचना अधिकारी सन्तोष कुमार बस्नेतले बताएका छन ।