सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम, सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय।

राजनीति

रसीद आलम।

काठमाडौं, २३ मंसिर

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।

यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ ।

बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *