छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ।

समाचार

 

काठमाडौं, ११ माघ

लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  हो ।

प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल र महतोलाई सिरहा, नरहा गाउँपालिका–३ चोहर्वाबाट नाईट्राभेट १२६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *