दुधको मुल्य ९.५० रुपैयाँ बढयो

बिजेनेश समाचार

काठमाडौं, २० फागुन । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ ।

 

कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।

 

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए ।

 

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *