आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

समाचार

काठमाडौं, १५ फागुन । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

 

काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो ।

 

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागी पछि  त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

 

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *