रसीद आलम।बिरगंज ,फागुन २५।पर्सा बिरगंजको गण्डक चोकमा मोटरसाइकल एकआपसमा ठोकिदा एक जना ब्यक्तिको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार फागुन २४ मा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित वीरगञ्ज पथलैया सडकखण्डमा परवानीपुरबाट वीरगञ्जतर्फ आउदै गरेको प्र.२-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र वीरगञ्जबाट परवानीपुरतर्फ जादै गरेको ना.२५ प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा परवानीपुर गा.पा.वडा नं.४ चैनपुर बस्ने वर्ष २४ को सुरज सर्राफ र वीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने वर्ष २६ को बिपिन कुमार कुशवाहा घाइते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमाण्डम गएको प्रहरी टोलीले घाईतेहरूलाई उद्दार गरी उपचारको लागि एल.एस.न्यूरो अस्पताल वीरगञ्जमा ल्याइ उपचारकै क्रममा सुरज सर्राफको मृत्यु आज भएको छ।
मृतकको लास पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।
