स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

समाचार

काठमाडौं, ४ चैत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन्। क्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोक्रममा प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ।

प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *