ईलाका प्रहरी कार्यालय पोखरीया तथा जिल्ला प्रहरी कार्यालय पर्साको सन्युक्त समन्वयमा घरेलु मदिरा भठ्ठी नष्ट, स्विप अप्रेशन तथा फरार प्रतिवादिहरु पक्राउमा तीव्रता ।

समाचार

रसीद आलम,पर्सा ,चैत १२ ।

विभिन्न समय तथा स्थानहरुमा ईलाका प्रहरी कार्यालय पोखरीया तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट सन्युक्त  प्रहरी टोली खटी गई स्विप अप्रेशन, अबैध घरेलु भठ्ठी तथा मदिरा नष्ट र विभिन्न मुद्दाका फरार प्रतिवादिहरु पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा पकाहामैनपुर गा.पा. वडा नं. ३ र ४ को धोबियाटोलमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको छ भन्ने प्राप्त सूचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मिहन विक्रम केसीको कमाण्डमा खटीएको प्रहरी टोलीले उक्त स्थानमा रहेका मदिरा भठ्ठी नष्ट गर्नुका साथै १२०० लिटर कच्चा पदार्थ र २५० लिटर तयारी घरेलु मदिरा पनि नष्ट गरिएको पर्सा प्रहरीका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन् ।

त्यस्तै स्विप अप्रेशन अन्तर्गत ट्राफिक प्रहरी समेतको सहभागीतामा ग्रामिण सडकहरुमा सवारी नियम उलंघन गरी सवारी साधन चलाउने ६० वटा मोटरसाइकलहरुलाई नियन्त्रणमा लिई अव आईन्दा ट्राफिक नियम उलंघन नगर्ने समेत सम्झाई- बुझाई सम्बन्धित धनि तथा चालकलाई मोटरसाइकल हरु जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा वीरगञ्ज महानगपालिका वडा नं. ३२ बस्ने राज कुमार महतो धानुकको छोरा संजय कुमार महतो, लेनदेन तथा बिगो भरीभराउ मुद्दामा पोखरिया न.पा. वडा नं. ३ बस्ने कोथरिलाल कलवारको छोरी पुनम कुमारी राई र विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ६ बस्ने प्रयाग साह तेलीको छोरा मुकेश साह सहित ३ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक  गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *