पेट्रोलियम पदार्थ अवैध बिक्री गरेको आरोपमा ४ जना मकवानपुर प्रहरीको नियन्त्रणमा । 

समाचार

 मकवानपुर, १६ कार्तिक ।
नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने कार्यमा संलग्न ४ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कार्तिक १६ गते साँझ करिब ४:३० बजेको समयमा नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट थानकोट काठमाडौँतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि.मा अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ट्याङ्कर चालकसहित पेट्रोल पम्पमा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामध्ये एक जना ट्याङ्कर चालक र तीन जना पेट्रोल पम्पका कर्मचारी रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *