मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाद्वारा बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण

समाचार

बारा, १८ कार्तिक ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले कार्तिक १७ गते बारास्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन तथा विभिन्न शाखाहरूको स्थलगत अवलोकन गर्नुभयो। उहाँले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन तथा सेवा प्रवाह सम्बन्धी विषयहरूमा जानकारी लिनुभएको थियो।

यस अवसरमा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले कार्यालयका विभिन्न शाखाहरूबाट सम्पादित कार्यहरूको तथ्यांकसहितको PowerPoint Presentation मार्फत विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो।

निरीक्षणपछि डीआईजी थपलियाले सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा परिस्थिति, व्यावसायिक आचरण र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिसम्बन्धी महत्वपूर्ण निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी प्रमुख थपलियाले अनुशासन, पारदर्शिता र जनमुखी सेवाका माध्यमबाट प्रहरी र जनताबीचको विश्वास अझ मजबुत बनाउन सबैलाई आह्वान गर्नुभएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *