अवैध लागुऔषधसहित २ जना पक्राउ

समाचार

पोखरा , २० चैत । कास्कीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २००  एम्पुल र फेनारगन २ सय एम्पुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *